प्रहरीका अनुसार एक स्कुल बस, दुई सार्वजनिक यातायात, दुई ट्रक, एक भारतीय नम्बर प्लेटको गाडी र एक मोटरसाइकल एक आपसमा ठोक्किएको हो ।
धादिङ — पृथ्वी राजमार्गअन्तर्गत धुनीबेंसीमा सात सवारी साधन एकआपसमा ठोक्किएको छ ।
शनिबार अपराह्न ४ बजेतिर धुनीबेंसीमा सात सवारी साधन एकआपस ठोक्किँदा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार एक स्कुल बस, दुई सार्वजनिक यातायात, दुई ट्रक, एक भारतीय नम्बर प्लेटको गाडी र एक मोटरसाइकल एक आपसमा ठोक्किएको हो ।
दुर्घटनाको प्रारम्भिक अनुसम्धान भइरहेको प्रहरीले जनाएको छ ।
