शनिबार बिहान ९ बजेतिर आगो ताप्ने क्रममा बाङ्गेकी ८४ वर्षीया माइलीमाया तामाङको मृत्यु भएको हो ।
काभ्रे — जिल्लाको खानीखोला गाउँपालिका-३ बाङ्गेमा आगो ताप्ने क्रममा जलेर एक वृद्धाको मृत्यु भएको छ ।
शनिबार बिहान ९ बजेतिर आगो ताप्ने क्रममा बाङ्गेकी ८४ वर्षीया माइलीमाया तामाङको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख प्रहरी उपरीक्षक कोमल शाहका अनुसार, घरमा एक्लै भएको बेलामा बिहान आगो ताप्ने क्रममा तामाङको कपडामा आगो सल्किएर जलेर मृत्यु भएको विवरण प्राप्त भएको छ । घटनाबारे परिवारले थाहा पाएपछि प्रहरीलाई जानकारी गराएको उनले बताए ।
आगलागीबाट तामाङको घरसमेत जलेर पूर्ण रुपमा क्षति भएको प्रहरीले जानकारी दिएको छ । जिल्लाबाट प्रहरी टोली घटनास्थलमा पठाइएको छ ।
