सौराहा घुम्न आएकी किशोरीको होटलबाट खसेर मृत्यु

चितवन प्रहरी कार्यालयका प्रवक्ता डीएसपी रविन्द्र खनालका अनुसार शैक्षिक भ्रमणमा आएकी सिन्धुलीको कमलामाई नगरपालिका–६ की स्नेहा पाख्रिनको सौराहामा होटलबाट खसेर निधन भएको हो ।

मंसिर १८, २०८२

रमेशकुमार पौडेल

Teenage girl falls to death from hotel while visiting Sauraha

चितवन — सौराहाको होटलबाट खसेर बुधवार राति १८ वर्षिया किशोरीको ज्यान गएको छ । चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी रविन्द्र खनालका अनुसार शैक्षिक भ्रमणमा आएकी सिन्धुलीको कमलामाई नगरपालिका–६ की स्नेहा पाख्रिनको सौराहामा होटलबाट खसेर निधन भएको हो ।

उनी बास बसेको सौराहाको होटल पार्क साइडको चौथो तलाबाट खसेकी थिइन् । राति सवा ११ बजे तिर उनी खसेपछि उपचारका लागि रत्ननगरमा रहेको बकुलहर अस्पताल पुगाइएको थियो। 

चिकित्सकले राति पौने १२ बजे मृत घोषणा गरेको डीएसपी खनालले जानकारी दिए । घटनाका विषयमा थप अनुसन्धान भइरहेको उनको भनाइ छ ।

रमेशकुमार पौडेल पौडेल कान्तिपुरका चितवन संवाददाता हुन् । उनी दुई दशकदेखि पत्रकारिता गरिरहेका छन् ।

Link copied successfully