जङ्गली जनावरको आक्रमणबाट ६५ वर्षीया वृद्धाको मृत्यु

मन्थली नगरपालिका–७ र ९ को सिमाना बाङ्गेसल्ला पिपलडाँडा नजिकै शनिवार बिहान ६५ वर्षीया वृद्धा गङ्गा माया तामाङको चिथोरिएको अवस्थामा शव फेला परेको हो।

मंसिर १३, २०८२

नवराज श्रेष्ठ

65-year-old woman dies after being attacked by wild animal

रामेछाप — रामेछापको मन्थली नगरपालिका–९ बाङ्गेसल्लामा जङ्गली जनावरको आक्रमणबाट ६५ वर्षीया वृद्धा गङ्गा माया तामाङको मृत्यु भएको छ।

घरबाट गोठतर्फ गएकी तामाङलाई बाघ वा चितुवाले आक्रमण गरेको हुन सक्ने स्थानीयको आशङ्का रहेको वडा सदस्य धनलाल तामाङले बताए।

घरमा एक्लै बस्दै आएकी तामाङको शव पुरानागाउँ–भटौली सडकअन्तर्गत मन्थली नगरपालिका–७ र ९को सिमाना बाङ्गेसल्ला पिपलडाँडा नजिकै शनिवार बिहान चिथोरिएको अवस्थामा फेला परेको हो। गला फूटेको र शरीरका भाग च्यातिएको अवस्थामा शव भेटिएको वडा सदस्य तामाङले जानकारी दिए।

घटना स्थल नजिकै रहेको गोठ पिपलडाँडाबाट करिब १०० मिटर टाढा रहेको र तामाङ गोठमा गएको वा गोठबाट फर्किँदै गरेको अवस्थामा शुक्रवार साँझ नै बाघ वा चितुवाको आक्रमणमा परेको हुन सक्ने वडा सदस्य तामाङले बताए । घटनास्थलमा प्रहरी टोली जाँदै गरेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।  

नवराज श्रेष्ठ श्रेष्ठ कान्तिपुरका रामेछाप संवाददाता हुन् ।

Link copied successfully