बलात्कार ठहर भएपछि १७ वर्षीय किशोरलाई १२ वर्ष कैद

अदालतले पीडकबाट पीडितलाई ७ लाख रुपैयाँ क्षतिपूर्ति भराउने आदेश पनि गरेको छ ।

मंसिर ११, २०८२

प्रताप विष्ट

17-year-old sentenced to 12 years after rape conviction

काठमाडौँ — बलात्कार गरेको ठहर गर्दै जिल्ला अदालत मकवानपुरले एक किशोरलाई १२ वर्ष कैद फैसला सुनाएको छ । 

जिल्ला न्यायाधीश गीता श्रेष्ठको बिहीबार बसेको इजलासले हेटौंडा उपमहागनरपालिका-७ का १७ वर्षीय किशोरलाई कैद फैसला गरेको हो । अदालतले पीडकबाट पीडितलाई ७ लाख रुपैयाँ क्षतिपूर्ति भराउने आदेश पनि गरेको छ । नाबालकले  क्षतिपूर्ति रकम दिन नसक्ने भएकाले पीडित राहत कोषबाट पीडितलाई रकम उपलब्ध गराउनसमेत अदालतले आदेश गरेको छ ।

गत वैशाख २२ गते उनले १७ वर्षीया किशोरीलाई बलात्कार गरेका थिए । किशोर हेटौंडास्थित बालसुधार गृहमा रहेका छन् ।

प्रताप विष्ट कान्तिपुरको हेटौडा संवाददाता हुन् । उनी स्थानिय राजनीतिक र सामाजिक मुद्धाबारे रिपोर्टिङ/टिप्पणी लेख्छन् ।

Link copied successfully