ग्यास बोक्ने बुलेट गाडीको ठक्करबाट चितवनमा एक जनाको मृत्यु

प्रहरीले ग्यास बुलेटका चालकलाई नियन्त्रणमा लिएको छ ।

मंसिर ९, २०८२

रमेशकुमार पौडेल

One person dies in Chitwan after being hit by a bullet vehicle carrying gas

चितवन — खाना पकाउने एलपी ग्यास बोक्ने बुलेट गाडीको ठक्करबाट मंगलबार बिहान भरतपुर महानगरपालिमा-१० मालपोतचोकमा एकजनाको मृत्यु भएको छ । 

लमजुङ मध्यनेपाल नगरपालिका-३ घर भएकी १८ वर्षीया राइना श्रेष्ठको मृत्यु भएको चितवन प्रहरी प्रवक्ता डीएसपी रवीन्द्र खनालले जानकारी दिए  । भारतीय नम्बरको एनएल ०१ एल२४५३ नम्बरको बुलेट गाडीले श्रेष्ठ चढेको बा प्र ०६-००५ प ३०५४ नम्बरको मोटरसाइकललाई बिहान ७ बजेतिर ठक्कर दिएको थियो । मोटरसाइकल श्रेष्ठका बुबा राजकुमारले चलाएका थिए । उनी सामान्य घाइते छन् ।

पुरानो मेडिकल कलेजको भरतपुरमा रहेको शिक्षण अस्पतालमा उपचारका क्रममा राइनाको पौने ९ बजेतिर मृत्यु भएको डीएसपी खनालले बताए । प्रहरीले ग्यास बुलेटका चालकलाई नियन्त्रणमा लिएको छ ।

रमेशकुमार पौडेल कान्तिपुरका चितवन संवाददाता हुन् । उनी दुई दशकदेखि पत्रकारिता गरिरहेका छन् ।

Link copied successfully