भीरबाट खसेकी बालिकाको सकुशल उद्धार

५० मिटर तल खसेर अड्किएकी उनलाई इलाका प्रहरी भीमफेदीको टोलीले सकुशल उद्धार गरेको हो ।

मंसिर ९, २०८२

प्रताप विष्ट

Girl who fell from cliff rescued safely

हेटौंडा — मकवानपुरको भीमफेदी गाउँपालिकामा भीरबाट लडेकी बालिकाको प्रहरीले सकुशल उद्धार गरेको छ ।

भीमफेदी गाउँपालिका–५ ढुसिनीपुल नजिक खहरे खोलाको भीरबाट सोमबार साँझ खसेकी १४ वर्षीया रजना स्याङ्तानको प्रहरीले सकुशल उद्धार गरेको हो ।

जिल्ला प्रहरी मकवानपुरका अनुसार घरबाट छबेली बजार जान एक्लै हिँडेकी उनी घरबाट करिब २ सय मिटर पर पुग्दा भीरबाट खसेर खोल्सामा अड्किएकी थिइन् ।   

५० मिटर तल खसेर अड्किएकी उनलाई इलाका प्रहरी भीमफेदीको टोलीले सकुशल उद्धार गरेको हो ।

भीमफेदी स्वास्थ्य चौकीमा प्रारम्भिक परीक्षणपछि थप उपचारका लागि उनलाई हेटौंडा अस्पताल पठाइएको जिल्ला प्रहरी प्रवक्ता डीएसपी पुष्कर बोगटीले बताए । 

प्रताप विष्ट कान्तिपुरको हेटौडा संवाददाता हुन् । उनी स्थानिय राजनीतिक र सामाजिक मुद्धाबारे रिपोर्टिङ/टिप्पणी लेख्छन् ।

Link copied successfully