चितवनमा सवारी दुर्घटना हुँदा चालकको मृत्यु

दुर्घटनामा खैरहनी नगरपालिका-४ का ६२ वर्षीय राममणि न्यौपानेको मृत्यु भएको चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी रविन्द्र खनालले जानकारी दिए ।

मंसिर ७, २०८२

रमेशकुमार पौडेल

Driver dies in road accident in Chitwan

चितवन — चितवनको कालिका नगरपालिका-११ सिद्धि कल्याणचौरमा शनिबार राति भएको दुर्घटनामा एकजनाको निधन भएको छ ।

दुर्घटनामा खैरहनी नगरपालिका-४ का ६२ वर्षीय राममणि न्यौपानेको मृत्यु भएको चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी रविन्द्र खनालले जानकारी दिए ।

घाइते भएका उनलाई उपचारका लागि भरतपुर पुर्‍याइए पनि राति नै उनको मृत्यु भएको थियो। न्यौपानेले चलाएको बा १८ च ८९७३ नम्बरको बलेरो गाडी पहाडी बाटोमा आफैँ अनियन्त्रित भएर सडकबाट तल खसेको थियो । 

प्रहरीका अनुसार गाडी बाटोबाट लगभग डेढ सय मिटर तल खसेको थियो। 

रमेशकुमार पौडेल कान्तिपुरका चितवन संवाददाता हुन् । उनी दुई दशकदेखि पत्रकारिता गरिरहेका छन् ।

Link copied successfully