६ घण्टापछि खुल्यो कान्ति लोकपथ

वीरगन्जबाट काठमाडौं हिँडेको ट्रक ब्रेकफेल भएर बिहान ५ बजेतिर भीमफेदी गाउँपालिका-८ बगुवा पुल नजिक पल्टिएको थियो ।

मंसिर ६, २०८२

प्रताप विष्ट

Kanti Lokpath reopens after 6 hours

हेटौंडा — बिहानदेखि अवरुद्ध कान्ति लोकपथ ६ घण्टापछि खुलेको छ । ठिंगन-बगुवा पुल सडकको बीचमा पल्टिएको ट्रकलाई डोजरले हटाएपछि सडक खुलेको हो ।

ट्रक पन्छाउन २ वटा डोजर प्रयोग गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक एवं प्रवक्ता पुस्कर बोगटीले बताए । सवा ११ बजेदेखि सवारीसाधन सञ्चालन आएको उनले जानकारी दिए ।

वीरगन्जबाट काठमाडौं हिँडेको ना ३ ख ३१९२ नम्बरको ट्रक ब्रेकफेल भएर बिहान ५ बजेतिर भीमफेदी गाउँपालिका-८ बगुवा पुल नजिक पल्टिएको थियो ।

सडक अवरुद्ध भएका कारण काठमाडौंबाट हेटौंडातर्फ आइरहेका सवारीसाधन बगुवा पुलपारि र हेटौंडाबाट काठमाडौं गइरहेका सवारीसाधन ठिंगनमा रोकिएका थिए ।

प्रताप विष्ट कान्तिपुरको हेटौडा संवाददाता हुन् । उनी स्थानिय राजनीतिक र सामाजिक मुद्धाबारे रिपोर्टिङ/टिप्पणी लेख्छन् ।

Link copied successfully