ठिँगन-बगुवा पुल सडक खण्डमा वीरगन्जबाट काठमाडौँतर्फ गइरहेको ट्रक सडकमा नै पल्टिएकाले शनिबार बिहानदेखि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक पुस्कर बोगटीले जानकारी दिए।
काठमाडौँ — सडकको बीचमै ट्रक पल्टिएपछि काठमाडौँ- हेटौँडा जोड्ने कान्ति लोकपथ अवरुद्ध भएको छ।
ठिँगन-बगुवा पुल सडक खण्डमा वीरगन्जबाट काठमाडौँतर्फ गइरहेको ट्रक सडकमा नै पल्टिएकाले शनिबार बिहानदेखि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक पुस्कर बोगटीले जानकारी दिए।
उनका अनुसार औषधि लोड गरिएको ना ३ ख ३१९२ नम्बरको ट्रक ब्रेक फेल भएर सडकमै पल्टिएको छ।
ट्रकका चालक भने सकुशल छन् । सडकबाट उक्त ट्रक हटाउने पहल भइरहेको प्रहरीले जनाएको छ।