बिहान ५ बजेतिर भीमफेदी गाउँपालिका-८ बगुवा पुल नजिक सडकमै ट्रक पल्टिएपछि कान्ति लोकपथ अवरुद्ध छ ।
हेटौंडा — कान्ति लोकपथअन्तर्गत ठिंगन-बगुवा पुल सडकको बीचमा ट्रक पल्टिएपछि डोजरले हटाउने कार्य सुरु गरेको छ ।
बगुवा खोला पुल नजिकैको सडकमा शनिबार बिहान लोड ट्रक पल्टँदा सवारी अवरुद्ध छ । ट्रक पन्छाउन २ वटा डोजर प्रयोग गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक एवं प्रवक्ता पुस्कर बोगटीले बताए । वीरगन्जबाट काठमाडौं हिँडेको ट्रक पल्टेकाले कान्ति लोकपथ अवरुद्ध छ ।
औषधि लोड भएको ना ३ ख ३१९२ नम्बरको ट्रक ब्रेकफेल भएर बिहान ५ बजेतिर भीमफेदी गाउँपालिका-८ बगुवा पुल नजिक पल्टिएको थियो । ट्रकका चालक सकुशल रहेका छन् ।
सडक अवरुद्ध भएका कारण काठमाडौंबाट हेटौंडातर्फ आइरहेका सवारीसाधन बगुवा पुलपारि नै रोकिएका छन् भने हेटौंडाबाट काठमाडौं गइरहेका सवारीसाधनहरु ठिंगनमा रोकिएका छन् ।
