सुन्धारा जेलबाट भागेका कैदी मकवानपुरमा पक्राउ

भदौ २४ गते सुन्धारा कारागारबाट फरार भएका मकवानपुर मनहरी गाउँपालिका—६ का ६१ वर्षीय सिताराम थिङलाई शुक्रबार प्रहरीले घरबाटै पक्राउ गरेको हो । उनी घरमै लुकीछिपी बसेका थिए ।

कार्तिक २८, २०८२

प्रताप विष्ट

हेटौंडा — जेन-जी आन्दोलनको क्रममा काठमाडौंस्थित सुन्धारा कारागारबाट भागेका एक कैदीलाई प्रहरीले पक्राउ गरेको छ ।

भदौ २४ गते  सुन्धारा कारागारबाट फरार भएका मकवानपुर मनहरी गाउँपालिका—६ का ६१ वर्षीय सिताराम थिङलाई शुक्रबार प्रहरीले घरबाटै पक्राउ गरेको हो । उनी घरमै लुकीछिपी बसेका थिए । 

अदालतले थिङलाई वन्यजन्तु बेचविखन एवं ओसारपसार मुद्दामा १५ वर्ष कैद र १० लाख रुपैयाँ जरिवाना तोकेको थियो । कैद भुक्तानी र जरिवाना असुलीका लागि थिङलाई भीमफेदी कारागार पठाइएको छ ।  यसैगरी मकवानपुर प्रहरीले अपहरण तथा शरीर बन्धक मुद्दाका फरार अभियुक्तलाई हेटौंडामा पक्राउ गरेको छ । 

पर्सा जगनाथपुर —२ का ३२ वर्षीय राजु पाण्डेलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । उनी वारदातपछि फरार रहेका थिए । 

प्रताप विष्ट कान्तिपुरको हेटौडा संवाददाता हुन् । उनी स्थानिय राजनीतिक र सामाजिक मुद्धाबारे रिपोर्टिङ/टिप्पणी लेख्छन् ।

Link copied successfully