खैरो हेरोइनसहित एक महिला पक्राउ

प्रहरीले १४ ग्राम ७६ मिलिग्राम खैरो हेरोइनसहित हेटौंडा उमपहानगरपालिका–९ की ३६ वर्षीया अनिता श्रेष्ठलाई पक्राउ गरेको हो।

कार्तिक २२, २०८२

प्रताप विष्ट

हेटौंडा — मकवानपुर प्रहरीले हेटौंडाबाट खैरो हेरोइनसहित एक महिलालाई पक्राउ गरेको छ । 

प्रहरीले १४ ग्राम ७६ मिलिग्राम खैरो हेरोइनसहित हेटौंडा उमपहानगरपालिका–९ की ३६ वर्षीया अनिता श्रेष्ठलाई पक्राउ गरेको हो ।

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटे चेकपोष्टका प्रहरीले वीरगन्जबाट हेटौंडातर्फ आउँदै गरेको बागमती प्रदेश ३–००१ ज ९९८ नम्बरको ईभी गाडी रोकेर चेकजाँच गर्ने क्रममा श्रेष्ठको साथमा खैरो हेरोइन फेला पारेको थियो । 

श्रेष्ठले शरीरका विभिन्न भागमा लुकाएर खैरो हेरोइन ल्याएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक एव प्रवक्ता पुस्कर बोगटीले  बताए । पक्राउ परेकी श्रेष्ठ लागु औषधको कारोबारी भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

प्रताप विष्ट कान्तिपुरको हेटौडा संवाददाता हुन् । उनी स्थानिय राजनीतिक र सामाजिक मुद्धाबारे रिपोर्टिङ/टिप्पणी लेख्छन् ।

Link copied successfully