सडकमा पल्टिएको ट्रक हटाएपछि ६ घण्टापछि कान्ति लोकपथ सञ्चालन

क्रेन ल्याएर सडकको अवरोध हटाएपछि बिहान १० बजेबाट लोकपथ सञ्चालनमा आएको हो ।

कार्तिक २१, २०८२

प्रताप विष्ट

Kanti Lokpath reopens after 6 hours after truck overturned on road is removed

हेटौंडा — सडकमा पल्टिएको गाडी र भुसको बोरा पन्छाएपछि कान्तिलो कपथ ६ घण्टापछि सञ्चालनमा आएको छ ।

मकवानपुरको बकैया गाउँपालिका—११ लेनडाँडामा बाराबाट काठमाडौंतर्फ जाँदै गरेको मधेश प्रदेश०३–००२ ख १३६५ नम्बरको ट्रक शुक्रबार बिहान ४ बजे खाल्डामा चिप्लिएर अनियन्त्रित भई बीच सडकमा पल्टिएको थियो । क्रेन ल्याएर सडकको अवरोध हटाएपछि बिहान १० बजेबाट कान्तिलोकपथ सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता पुस्कर बोगटीले बताए ।

प्रताप विष्ट विष्ट कान्तिपुरको हेटौडा संवाददाता हुन् । उनी स्थानिय राजनीतिक र सामाजिक मुद्धाबारे रिपोर्टिङ/टिप्पणी लेख्छन् ।

Link copied successfully