बीच सडकबाट ट्रक हटाउन क्रेनको खोजी गरिरहेको प्रहरीले जनाएको छ ।
हेटौंडा — कान्ति लोकपथमा शुक्रबार बिहान ट्रक पल्टँदा सडक अवरुद्ध भएको छ । बाराबाट भुस लोड गरेर काठमाडौंतर्फ गइरहेको ट्रक सडकमा नै पल्टिएर शुक्रबार बिहानदेखि लोकपथ अवरुद्ध भएको हो ।
मकवानपुरको बकैया गाउँपालिका-११ लेनडाँडामा मधेश प्रदेश०३–००२ ख १३६५ नम्बरको ट्रक खाल्डामा चिप्लिएर अनियन्त्रित भई बीच सडकमा पल्टिँदा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक एवं प्रवक्ता पुस्कर बोगटीले वताए । 'सडकवाट ट्रक हटाउन क्रेनको खोजी गरिरहेका छौं,' उनले भने ।
