सवारी आवागमन दुवैतर्फ सुरु हुन करिब १-१.३० घण्टा लाग्ने
काठमाडौँ — मुग्लिन-नारायणगढ सडकखण्डको जलविरेनजिकै नारायणगढतर्फ सुख्खा पहिरो खस्दा सवारी आवागमन एकतर्फी भएको छ । सडक डिभिजन भरतपुरका अनुसार मेसिन सम्बन्धित स्थानमा पुगी पहिरो पन्छाउने कार्य सुरु भइसकेको छ ।
सवारी आवागमन दुवैतर्फ सुरु हुन करिब १-१.३० घण्टा लाग्ने अनुमान गरिएको छ । यस क्षेत्रमा पहिरोको उच्च जोखिम भएकाले लेन अनुशासनमा रही सुरक्षित यात्रा गर्न सबैलाई सडक डिभिजन भरतपुरले भनेको छ ।
