यलुङ रि हिमपहिरोमा परेका दुई विदेशी आरोहीको शव निकालियो 

मंगलबार हिमपहिरोबाट नेपाली पथप्रदशर्क सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिका–५ का मेरे कार्की र दोलखाको गौरीशंकर गाउँपालिका–९ का पदम तामाङको शव निकालिएको थियो ।

कार्तिक १९, २०८२

केदार शिवाकोटी

Bodies of two foreign climbers trapped in Yalung Ri avalanche recovered

दोलखा — रोल्वालिङ हिमश्रृंखलाअन्तर्गतको यलुङ रि हिमाल आरोहणका क्रममा हिमपहिरोमा परेकामध्ये थप २ विदेशी आरोहीको बुधबार शव निकालिएको छ । 

बुधबार ईटलीका पाउलो कोको र फ्रान्सका क्रिस्चियन आन्द्रे मनफ्रेडीको शव हिमपहिरोबाट निकालिएको दोलखाका प्रहरी प्रमुख ज्ञानकुमार महतोले बताए ।

मंगलबार हिमपहिरोबाट नेपाली पथप्रदशर्क सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिका–५ का मेरे कार्की र दोलखाको गौरीशंकर गाउँपालिका–९ का पदम तामाङको शव निकालिएको थियो । बुधबार बिहान नेपाल राष्ट्रिय पर्वतीय पथप्रदर्शक संघले ४ सदस्यीय खोज तथा उद्धार टोली यलुङ रि पठाएको थियो । 

अन्तर्राष्ट्रिय माउन्टेन गाईड रोल्वालिङका पासाङ किदर शेर्पा, रितेन जाङ्बु शेर्पासहित छिरिङ सोनाम लामा र पासाङ तेम्बा शेर्पा खोज तथा उद्धारका लागि यलुङ रि पुगेको हो । रितेन जाङबु शेर्पाको नेतृत्व टोलीले हिमपिहरोमा परेका थप ३ विदेशी आरोहीको शव उत्खनन गरेर खोजी गरिरहेको प्रहरीले जनाएको छ । 

बुधबार निकालिएको दुई विदेशी आरोहीको शव पोस्टमार्टमका राजधानीको शिक्षण अस्पताल हेली एभरेस्टमार्फत लगिएको प्रहरीले जनाएको छ । सोमबार बिहान यलुङ रि आरोहणका क्रममा उनीहरू हिमपहिरामा परेका थिए ।

केदार

Link copied successfully