पहिरो पन्छाएपछि सिस्नेरी–दक्षिणकाली सडक सञ्चालनमा

शनिबार अपराह्न पहिरो गएकाले हेटौंडा–भीमफेदी–कुलेखानी–सिस्नेरी–दक्षिणकाली सडक अवरुद्ध भएको थियो ।

कार्तिक १६, २०८२

कान्तिपुर संवाददाता

Sisneri-Dakshinkali road reopens after landslide removal

हेटौंडा — हेटौंडाबाट काठमाडौं प्रवेश गर्ने वैकल्पिक छोटो मार्ग सिस्नेरी —दक्षिणकाली सडक आइतबार अपराह्न साढे तीन बजेदेखि सञ्चालनमा आएको छ ।

सिस्नेरी—दक्षिणकाली सडक खण्डको ज्यामिरेस्थित सडकको पहिरो पन्छाएपश्चात सञ्चालनमा आएको हो । आइतबार बिहानदेखि पहिरो पन्छाउने काम गरिएको थियो । शनिबार अपराह्न पहिरो गएकाले हेटौंडा–भीमफेदी–कुलेखानी —सिस्नेरी— दक्षिणकाली  सडक अवरुद्ध भएको थियो ।  

केही दिनदेखि लगातार परेको वर्षाका कारणले इन्द्रसरोवर गाउँपालिका–३ ज्यामिरेस्थित सडकमा माथिबाट पहिरो खसेकाले सिस्नेरी—दक्षिणकाली सडक करिब २२ घन्टापछि सञ्चालनमा आएको हो । सडकमाथिबाट पहिरो झरिरहेकाले शनिबार राति पन्छाउन सम्भव नभएकाले बिहानदेखि डोजर लगाएर पन्छाएर सडक सुरु गरिएको  जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता पुष्कर बोगटीले जानकारी दिए । 

कान्तिपुर

Link copied successfully