हेटौंडा अस्पताल लगिएकामा उपचार क्रममा नै उनको मृत्यु भएको हो ।
हेटौंडा — हेटौंडा उपमहानगरपालिकाको भित्री सडकमा मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु भएको छ ।
हेटौंडा-८ का २४ वर्षीय आयुष बस्नेतको मृत्यु भएको हो । हेटौंडाको कालिका मन्दिरबाट कमानेतर्फ जाँदै गरेको बा.प्र.०६–००२ प ४८६२ नं. को मोटरसाइकल अनियन्त्रित भई पल्टँदा मोटरसाइकल चालक बस्नेत घाइते भएका थिए । हेटौंडा अस्पताल लगिएकामा उपचार क्रममा नै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकावानपुरले जनाएको छ ।
