नमोबुद्ध नगरपालिका–६ चौकीडाँडा, रोशी गाउँपालिका–७ चारसयबेंसी, रोशी गाउँपालिका–११ डालाबेंसी, रोशी गाउँपालिका–९ बिरुवाडाँडा, कोक्सिकुना बिरुवाडाँडा र नार्के क्षेत्रमा माथिबाट लेदो र ढुंगा खस्दा बाटो दुवैतर्फ अवरुद्ध
काभ्रे — निरन्तरको वर्षापछि बीपी राजमार्गको काभ्रे सडकखण्ड अवरुद्ध भएको छ ।
काभ्रेको नमोबुद्ध नगरपालिका–६ चौकीडाँडा, रोशी गाउँपालिका–७ चारसयबेंसी, रोशी गाउँपालिका–११ डालाबेंसी, रोशी गाउँपालिका–९ बिरुवाडाँडा, कोक्सिकुना बिरुवाडाँडा र नार्के क्षेत्रमा माथिबाट लेदो र ढुंगा खस्दा बाटो दुवैतर्फ अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रबिन विष्टले जानकारी दिएका छन् । सडकको अवस्था बुझेर मात्र यात्रा गर्न अनुरोध गरिएको उनले बताएका छन् ।
