खैरो हेरोइनसहित हेटौंडामा एक युवक पक्राउ

हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटे चेकपोष्टका प्रहरीले भरतपुर महानगरपालिका–१२ का २७ वर्षीय लभ ठकुरीलाई ९ ग्राम ५८० मिलिग्राम खैरो हेरोइनसहित पक्राउ गरेको हो ।

कार्तिक १०, २०८२

प्रताप विष्ट

A young man was arrested in Hetauda with brown heroin.

हेटौंडा — मकवानपुर प्रहरीले हेटौंडामा खैरो हेरोइनसहित एक युवकलाई पक्राउ गरेको छ । 

हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटे चेकपोष्टका प्रहरीले भरतपुर महानगरपालिका–१२ का २७ वर्षीय लभ ठकुरीलाई ९ ग्राम ५८० मिलिग्राम खैरो हेरोइनसहित पक्राउ गरेको हो । 

रातोमाटे चेकपोष्टका प्रहरीले पूर्व पश्चिम सडकखण्डमा आउजाउ गर्ने सवारी साधनहरुलाई रोकी चेकजाँच गर्ने क्रममा वीरगन्जबाट हेटौंडातर्फ आउँदै गरेको बा.प्र.०३–००१ ज ५१३ नम्बरको ईभी गाडी चेकचाँज गर्दा खैरो हेरोइनसहित ठकुरीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक एव प्रवक्ता पुस्कर बोगटीले बताए । 

प्रहरीले ठकुरीको झोला खानतलासी गर्दा खैरो हेरोइन फेला पारेको थियो । थप अनुसन्धान गरी कानुनी कारबाही गर्न प्रक्रिया अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । 

प्रताप विष्ट कान्तिपुरको हेटौडा संवाददाता हुन् । उनी स्थानिय राजनीतिक र सामाजिक मुद्धाबारे रिपोर्टिङ/टिप्पणी लेख्छन् ।

Link copied successfully