शनिबार हिमाल आरोहणका लागि टासिलाप्चातर्फ गएका अस्ट्रियाका ५६ वर्षीय पिटर मेण्डर र ५८ वर्षीया सवनिक मेण्डरलाई आइतबार च्छो–रोल्पाभन्दा केही माथिबाट हेलिकोप्टरमार्फत उद्धार गरिएको हो ।
दोलखा — लेक लागेर बिरामी परेका दुई विदेशी पर्यटकको रोल्वालिङ क्षेत्रबाट हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।
रोल्वालिङ हिमशृंखला अन्तर्गतको ६ हजार २ सय ७९ मिटर उचाइको पार्चोमा हिमाल आरोहणमा गएका अस्ट्रियाका दुई नागरिक लेक लागेर बिरामी भएपछि च्छो–रोल्पाभन्दा केही माथिबाट आकस्मिक उद्धार गरिएको हो ।
शनिबार हिमाल आरोहणका लागि टासिलाप्चातर्फ गएका अस्ट्रियाका ५६ वर्षीय पिटर मेण्डर र ५८ वर्षीया सवनिक मेण्डरलाई आइतबार च्छो–रोल्पाभन्दा केही माथिबाट हेलिकोप्टरमार्फत उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी भोला दाहालले बताए । उनीहरु दुवै जना लेक लागेर शनिबार बेलुकीबाट बिरामी परेका थिए । उनीहरूलाई गाइडले लेक लागेपछि तल झारेका थिए । रोल्वालिङ क्षेत्रमा गएको वर्षभन्दा यस वर्ष अत्यधिक विदेशी र स्वदेशी पर्यटक पदयात्रामा पुगेका छन् ।
