मोटरसाइकलमा सवार ललितपुर महानगरपालिका निवासी २४ वर्षीय सर्नित खड्का र नागार्जुन नगरपालिका–१० का ३२ वर्षीय प्रविन थापा, स्कुटरमा सवार राम केसी र राजेश खत्री घाइते भएका छन् ।
सिन्धुपाल्चोक — जिल्लाको सुनकोशी गाउँपालिका–६ (१० किलो)मा शुक्रबार मोटरसाइकल र स्कुटर आपसमा ठोक्किँदा ४ जना घाइते भएका छन् ।
प्रहरी चौकी ठुलोपाखरकाअनुसार दोलखाबाट काठमाडौं जाँदै गरेको प्रदेश २-०४८ प ६९७३ नम्बरको स्कुटर र विपरीत दिशाबाट दोलखा जाँदै गरेको प्रदेश ३-०२-००६ प ८६५३ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएको थियो ।
मोटरसाइकलमा सवार ललितपुर महानगरपालिका निवासी २४ वर्षीय सर्नित खड्का र नागार्जुन नगरपालिका–१० का ३२ वर्षीय प्रविन थापा, स्कुटरमा सवार राम केसी र राजेश खत्री घाइते भएका छन् । घाइते चारै जनालाई स्थानीय सिन्धु सदाबहार अस्पतालमा प्राथमिक उपचारपश्चात् थप उपचारका लागि काठमाडौं पठाइएको प्रहरीले जनाएको छ। 'दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ भने घाइतेको अवस्था सामान्य रहेको छ, घाइतेको हात र खुट्टामा चोट लागेको छ,' प्रहरी चौकी ठुलोपाखरका ट्राफिक प्रहरी कमल घिमिरेले भने ।
