स्वरुप परिवर्तन गरी ध्वनि प्रदूषण गर्ने सात मोटरसाइकल नियन्त्रणमा 

स्वरुप परिवर्तन गरी ध्वनि प्रदूषण गर्ने मोटरसाइकलहरु नियन्त्रणमा लिएर कारबाही गर्ने अभियानलाई निरन्तरता दिने जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

कार्तिक ५, २०८२

प्रताप विष्ट

Seven motorcycles that were changing their appearance and causing noise pollution were taken into custody

हेटौंडा — स्वरुप परिवर्तन गरी ध्वनि प्रदूषण गर्ने ७ वटा मोटरसाइकल मकवानपुर प्रहरीले नियन्त्रणमा लिएको छ । हेटौंडा बजार क्षेत्रबाट प्रहरीले ती मोटरसाइकल नियन्त्रणमा लिएको हो ।

मोटरसाइकलको पार्टपुर्जा परिवर्तन गरी ध्वनि प्रदूषण गरेको भनी सर्वसाधारणले आलोचना गरेपछि प्रहरीले कारबाही अगाडि बढाएको हो । प्रहरीले ती मोटरसाइकलमाथि कारबाही प्रक्रिया अगाडि बढाएको जनाएको छ ।

कम्पनीको साइलेन्सर परिवर्तन गरी ठूलो आवाजमा पड्किने बनाउने, रातको समयमा चर्को ध्वनि प्रदूषण गर्ने, समाजमा शान्ति सु–व्यवस्था खलल पार्दै आतंक सृजना गर्ने जस्ता गतिविधिमा संलग्न रहेकाले मोटरसाईकल नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

स्वरुप परिवर्तन गरी ध्वनि प्रदूषण गर्ने मोटरसाइकलहरु नियन्त्रणमा लिएर कारबाही गर्ने अभियानलाई निरन्तरता दिने जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रताप विष्ट विष्ट कान्तिपुरको हेटौडा संवाददाता हुन् । उनी स्थानिय राजनीतिक र सामाजिक मुद्धाबारे रिपोर्टिङ/टिप्पणी लेख्छन् ।

Link copied successfully