ज्यान मार्ने कसुरमा जन्मकैदको सजाय भुक्तान गरिरहेका भीमेश्वर नगरपालिका ९-चिसापानीका ६६ वर्षीय घ्याल्मो लामा मंगलबार खरिढुंगाबाट पक्राउ परेको प्रहरीले जनाएको छ ।
दोलखा — भदौ २४ को प्रदर्शनका क्रममा नख्खु कारागारबाट भागेका एक कैदी दोलखामा पक्राउ परेका छन् ।
ज्यान मार्ने कसुरमा जन्मकैदको सजाय भुक्तान गरिरहेका भीमेश्वर नगरपालिका ९-चिसापानीका ६६ वर्षीय घ्याल्मो लामा मंगलबार खरिढुंगाबाट पक्राउ परेको प्रहरीले जनाएको छ ।
कारागारबाट भागेका उनी आफ्नो घरमा लुक्दै बस्दै आएका थिए ।
सुराकीको आधारमा लामालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।