भक्तपुरमा बेवारिसे अवस्थामा गोली बरामद

सडक छेउमा बेवारिसे अवस्थामा ३०३ राईफलको पाँच राउण्ड गोली र एसएलआर गनको दुई राउण्डको गोली फेला पारेको हाे ।

कार्तिक ५, २०८२

रासस

Bullets recovered from abandoned location in Bhaktapur

भक्तपुर — जिल्ला प्रहरी भक्तपुरले बेवारिसे अवस्थामा रहेको विभिन्न हतियारको गोली फेला पारेको छ ।

मध्यपुरथिमि नगरपालिका–१ लोकन्थलीस्थित मनोहरा किनारामा रहेको सुकुम्बासी बस्तीको सडक छेउमा बेवारिसे अवस्थामा ३०३ राईफलको पाँच राउण्ड गोली र एसएलआर गनको दुई राउण्डको गोली फेला पारेको प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक प्रकाश जबेगुले जानकारी दिए ।


त्यसैगरी गत भदौ २४ गते भएको जेनजी आन्दोलनका क्रममा जगन्नाथदेवल कारागार कार्यालय काठमाडौंबाट फरार भएका एक कैदीलाई प्रहरीले चाँगुनारायण नगरपालिका–६ बेसिटोलबाट पक्राउ गरेको छ ।


जबर्जस्ती करणी मुद्दाको कैद भुक्तान गरिरहेका कास्कीको पोखरा लेखनाथ महानगरपालिका–१६ का २९ वर्षीय नीरज तामाङलाई प्रहरी प्रभाग खरिपाटीको टोलीले पक्राउ गरी जगन्नाथदेवल कारागार पठाएको प्रहरी नायब उपरीक्षक जबेगुले बताए ।

रासस

Link copied successfully