मंगलबार बिहान सुर्केबाट चरिकोटतर्फ आउँदै गरेको जिप दुर्घटनामा परेको हो ।
दोलखा — भीमेश्वर नगरपालिका-९ सुर्केमा जिप दुर्घटनामा ४ जना घाइते भएका छन् ।
मंगलबार बिहान सुर्केबाट चरिकोटतर्फ आउँदै गरेको ग २ च ३४०० नम्बरको जिप दुर्घटना हुँदा स्थानीय ४० वर्षीया गोमा भुजेल,५२ वर्षीय महेन्द्रबहादुर श्रेष्ठ,कृष्णकुमारी श्रेष्ठ र गंगाकुमारी श्रेष्ठ रहेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा गम्भीर घाइते गोमा भुजेललाई काठमाडौं रिफर गरिएको प्रहरीले जनाएको छ । अन्य घाइतेहरूको चरिकोटस्थित च्छो–रोल्पा अस्पतालमा उपचार भइरहेको छ
