दोलखामा बन्दुकसहित २ जना पक्राउ

२ थान भरुवा बन्दुक, त्यसमा गोलीको रुपमा प्रयोग हुने घरेलु धातुका टुक्रा, बारुद लगायतका सामग्री फेला परेकाे प्रहरीले जनाएकाे छ ।

कार्तिक ३, २०८२

कान्तिपुर संवाददाता

2 arrested with guns in Dolakha

दोलखा — दाेलखाकाे भीमेश्वर नगरपालिका-९ सुर्केबाट लुकाएर राखेकाे २ नाल भरुवा बन्दुकसँगै २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा स्थानीय ७२ वर्षीय डेकबहादुर केसी र ५० वर्षीय धनमान थामी रहेकाे प्रहरीले जनाएकाे छ ।

शनिबार राति सिकार खेल्ने क्रममा भरुवा बन्दुकको छर्रा लागेर भीमेश्वर-९ का ३८ वर्षीय शुक्रमान थामी घाइते भएका थिए । उनकाे चरिकोटमा उपचार भइरहेकाे छ । सँगै सिकार खेल्न गएका साथी घाइते भएपछि प्रहरीले आइतबार साेधपुछका क्रममा बन्दुककाे छर्रा लागेकाे फेला पारेपछि उनीहरूलाई नियन्त्रणमा लिएकाे थियाे ।

सिकार खेल्न गएकाे जंगलमा खोजतलास गर्दा २ थान भरुवा बन्दुक, त्यसमा गोलीको रुपमा प्रयोग हुने घरेलु धातुका टुक्रा, बारुद लगायतका सामग्री फेला परेकाे प्रहरीले जनाएकाे छ । 

कान्तिपुर

Link copied successfully