खैरोहिरोइनसहित हेटौँडाबाट दुई जना पक्राउ 

प्रहरीले हेटौँडा उपमहानगरपालिका-७ का २८ वर्षीय संजीवराज थिङ र हेटौँडा उपमहानगरपालिका-१४ की २२ वर्षिया मनिषा थिङलाई १४ ग्राम ५२० मिलिग्राम खैरोहिरोइनसहित पक्राउ गरेको हो ।

कार्तिक १, २०८२

प्रताप विष्ट

Two arrested from Hetauda with brown heroin

हेटौँडा — मकवानपुर प्रहरीले खैरोहिरोइनसहित एक युवती र एक युवक गरी दुई जनालाई पक्राउ गरेको छ।

हेटौँडा उपमहानगरपालिका-१० बसपार्कमा लागूऔषधको कारोबार भइरहेको छ भन्ने जानकारी पाएपछि प्रहरी टोली उक्त स्थानमा पुगेर हेटौँडा उपमहानगरपालिका-७ का २८ वर्षीय संजीवराज थिङ र हेटौँडा उपमहानगरपालिका-१४ की २२ वर्षिया मनिषा थिङलाई १४ ग्राम ५२० मिलिग्राम खैरोहिरोइनसहित पक्राउ गरेको हो ।

 जिल्ला प्रहरी कार्यालय र प्रहरी चौकी बसपार्कको संयुक्त टोलीले थिङद्धयबाट डिजिटल तराजु एक थान पनि बरामद गरेको छ । प्रहरीका अनुसार थिङद्धय सेवनकर्तामात्र होइन, लागुऔषधका व्यापारी पनि हुन्। प्रहरीले जिल्ला अदालत मकवानपुरवाट थप अनुसन्धान गर्न म्याद थप गरी उनीहरुलाई हिरासतमा राखिएको छ । 

प्रताप विष्ट कान्तिपुरको हेटौडा संवाददाता हुन् । उनी स्थानिय राजनीतिक र सामाजिक मुद्धाबारे रिपोर्टिङ/टिप्पणी लेख्छन् ।

Link copied successfully