यौनजन्य क्रियाकलापमा संलग्न तीन जना बनेपाबाट पक्राउ 

मंगलबार बनेपा नगरपालिका-८ स्थित हाम्रो खाजा घरबाट तीन जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रविन विष्टले जानकारी दिए ।

आश्विन २८, २०८२

ज्योती श्रेष्ठ

Three persons involved in sexual activities were arrested from Banepa

काभ्रे — यौनजन्य क्रियाकलापमा संलग्न तीन जनालाई काभ्रेको बनेपाबाट पक्राउ गरिएको छ । 

मंगलबार बनेपा नगरपालिका-८ स्थित हाम्रो खाजा घरबाट तीन जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रविन विष्टले जानकारी दिए । उनका अनुसार, इलाका प्रहरी कार्यालय बनेपाबाट प्रहरी अधिकृतसहितको टोलीले घटनामा संलग्न तीन जनालाई पक्राउ गरेको हो । उनीहरुको परिचय खुलाइएको छैन । 

पक्राउ परेकाहरुमाथि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

ज्योती श्रेष्ठ कान्तिपुरकी काभ्रेपलाञ्चोक संवाददाता हुन् ।

Link copied successfully