नख्खु करागारबाट भागेका जबरजस्ती करणी मुद्दाका कैदी बनेपाबाट पक्राउ

सिन्धुपाल्चोक इन्द्रावतीका उनी जेन-जी आन्दोलनको मौका छोपी नख्खु करागारबाट फरार भएका थिए ।

आश्विन २८, २०८२

ज्योती श्रेष्ठ

Prisoner of forced rape case who escaped from Nakhkhu jail arrested from Banepa

काठमाडौँ — जेन-जी आन्दोलनको मौका छोपी नख्खु करागारबाट फरार कैदी बनेपाको बुडोलबाट पक्राउ परेका छन् ।

काठमाडौंबाट चौतारातर्फ जादै गरेको बा.प्र.००१ ज ३८६ नं को इभी गाडीबाट ३५ वर्षीय रविन आचार्यलाई प्रहरीले मंगलबार दिउँसो पक्राउ गरेको हो । उनी सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका-३ का हुन् ।

सशस्त्र प्रहरी बल, नेपाल नं १५ गण प्रमुख प्रहरी उपरीक्षक माधव रेग्मीका अनुसार जबरजस्ती करणी मुद्दामा कैद भुक्तान गर्दै आएका आचार्य नख्खु कारागारबाट फरार भएका थिए । उनलाई नियन्त्रणमा लिई  जिल्ला प्रहरी कार्यालय काभ्रेमा बुझाइएको छ ।

ज्योती श्रेष्ठ श्रेष्ठ कान्तिपुरकी काभ्रेपलाञ्चोक संवाददाता हुन् ।

Link copied successfully