रसुवाको कालिका गाउँपालिकामा शनिबार आयोजित रक्तदान कार्यक्रममा प्रेमसागर कर्माचार्यसहित ८६ जनाले रक्तदान गरेका थिए ।
काठमाडौँ — प्रेमसागर कर्माचार्यले आफ्नै रेकर्ड तोड्दै १८४ पटक रक्तदान गरेका छन् ।
रसुवाको कालिका गाउँपालिकामा शनिबार नेपाल स्वयंसेवी रक्तदाता समाज रसुवा शाखा र कालिका हिमालय एसएलसी २०५६ ब्याज समूहले संयुक्तरुपमा आयोजना गरेको कार्यक्रममा नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्षसमेत रहेका कर्माचार्यसहित ८६ जनाले रक्तदान गरेका हुन् ।
उक्त अवसरमा रक्तदान गर्ने स्वयंसेवी रक्तदाताहरूलाई दोसल्ला ओढाउनुका साथै प्रशंसापत्रसमेत वितरण गरिएको थियो ।
