बीपी राजमार्ग एकतर्फी सञ्चालन

बागमती, मधेस र कोशी प्रदेशका जिल्लाहरूलाई जोड्ने बिपी राजमार्ग आज दिउँसोदेखि एकतर्फी रूपमा सञ्चालनमा आएको हो ।

आश्विन २४, २०८२

राजकुमार कार्की

BP highway one-way operation

काठमाडौँ — बीपी राजमार्गको नेपालथोक -धुलिखेल खण्ड शुक्रबारबाट एकतर्फी सञ्चालनमा आएपछि साना सवारीको ताँती लागेको छ ।

शनिबारदेखि सबै सवारी चल्ने छन् । रोलर लगाएर सडक तयार नहुन्जेल अत्यावश्यक बाहेक अरु सवारी नचलाउन प्रहरीले अनुरोध गरेको छ । 

बागमती, मधेस र कोशी प्रदेशका जिल्लाहरूलाई जोड्ने बिपी राजमार्ग आज दिउँसोदेखि एकतर्फी रूपमा सञ्चालनमा आएको हो । यही असोज १७, १८ र १९ गतेको लगातारको वर्षासँगै आएको बाढीपहिरोका कारण अवरुद्ध बनेको राजमार्ग मर्मत गरी एकतर्फी रूपमा सञ्चालन गरिएको हो ।

राजकुमार कार्की कान्तिपुरका सिन्धुली संवाददाता हुन् ।

Link copied successfully