वीरगञ्जबाट हेटौँडातर्फ आउँदै गरेको मदेश प्रदेश ०३–००१ च ९०२३ नं. को गाडीमा करिब २० लाख रुपैयाँ बराबरका सामाग्रीहरू बरामद गरेको हो।
हेटौँडा — मकवानपुर प्रहरीले ३४ लाख मुल्य बराबरको कपडा र पटकाजन्य वस्तुहरुसहित दुई जनालाई पक्राउ गरेको छ।
पूर्व-पश्चिम सडक खण्डअन्तर्गत पर्ने हेटौँडा उपमहानगरपालिका-१५ रातामाटेस्थित चार्जिङ स्टेशन अगाडि खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा वीरगञ्जबाट हेटौँडातर्फ आउँदै गरेको मदेश प्रदेश ०३–००१ च ९०२३ नं. को गाडीमा करिब २० लाख रुपैयाँ बराबरका सामाग्रीहरू बरामद गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता पुस्कर बोगटीले बताए।
अवैध कपडा र प्रतिबन्धित पटकाजन्य सामान ल्याउने गाडीका चालक रौतहट बृन्दाबन नगरपालिका-९ का २० वर्षीय प्रदिप कुमार चौधरी र सोही गाडीमा सवार गरुडा नगरपालिका- ४ का ३१ वर्षीय बिजय साहलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
