बागमती प्रदेशको सभामुखमा कांग्रेसको दाबी

राप्रपाबाट सभामुख रहेका भुवन कुमार पाठकले गत भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलन र त्यसपछिको प्रदर्शनका क्रममा राजीनामा दिएका थिए ।

आश्विन २४, २०८२

कान्तिपुर संवाददाता

Congress's claim for Speaker of Bagmati Province

मकवानपुर — बागमती प्रदेशको रिक्त सभामुख पदमा नेपाली कांग्रेसले दाबी गर्ने भएको छ । शुक्रबार दिउँसो हेटौंडामा दलका नेता एवम् मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको अध्यक्षतामा बसेको बैठकले रिक्त प्रदेश सभाको सभामुखमा नेपाली काँग्रेसले दाबी गर्ने निर्णय गरेको हो ।

राप्रपाबाट सभामुख रहेका भुवन कुमार पाठकले गत भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलन र त्यसपछिको प्रदर्शनका क्रममा राजीनामा दिएका थिए । उनीसँगै राप्रपाका अन्य सांसदहरुले पनि सामाजिक सञ्जालमार्फत राजीनामा घोषणा गरे पनि आधिकारिक रूपमा प्रदेश सभामा राजीनामा नदिएको बताउँदै आएका छन् ।

बैठकले प्रदेशमा देखिएका विपद् व्यवस्थापनका चुनौतीबारे चर्चा गर्दै स्थानीय सरकारसँग समन्वय गरी तीव्र गतिमा राहत तथा पुनःस्थापना कार्य अगाडि बढाउने निर्णय गरेको छ । साथै, आगामी पूरक बजेटका सम्बन्धमा दलभित्र थप छलफल गर्ने र सत्ता गठबन्धनसँग सहकार्य गर्दै सभामुख पदमा नेपाली कांग्रेसको दाबी रहने बैठकले स्पष्ट पारेको छ ।

कान्तिपुर

Link copied successfully