बीपी राजमार्ग मर्मत कार्य तीव्र बनाउन मन्त्री घिसिङको निर्देशन

मन्त्री घिसिङसँग नमोबुद्ध नगरपालिका, रोशी गाउँपालिका र महाभारत गाउँपालिकाका जनप्रतिनिधिहरूले राजमार्ग सुचारु नहुँदा भोग्नुपरेको समस्याबारे अवगत गराएका थिए ।

आश्विन २३, २०८२

ज्योती श्रेष्ठ

Minister Ghising's instructions to speed up BP highway repair work

काभ्रे — भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले बीपी राजमार्ग मर्मत कार्य तीव्र बनाउन निर्देशन दिएका छन् ।

गत साताको बाढीले क्षतिग्रस्त बीपी राजमार्गको स्थलगत निरीक्षणका लागि आज काभ्रेको रोशी पुगेका घिसिङले चाँडोभन्दा चाँडो राजमार्ग सुचारु गर्नेगरी कामलाई तीव्रता दिन सडक विभागका अधिकारीहरूलाई निर्देशन दिएका हुन् ।

Minister Ghising's instructions to speed up BP highway repair work

मन्त्री घिसिङसँग नमोबुद्ध नगरपालिका, रोशी गाउँपालिका र महाभारत गाउँपालिकाका जनप्रतिनिधिहरूले राजमार्ग सुचारु नहुँदा भोग्नुपरेको समस्याबारे अवगत गराएका थिए ।

Minister Ghising's instructions to speed up BP highway repair work

मन्त्री घिसिङले आज थप मेसिन प्रयोग गरेर काम अघि बढाउने र शुक्रबार बेलुकासम्म राजमार्ग सुचारु बनाइने बताए ।

गत साता आएको बाढीका कारण विपी राजमार्गको करिव ३.५ किलोमिटर डाइभर्सन पुर्णरुपमा क्षति पुगेको छ ।

ज्योती श्रेष्ठ कान्तिपुरकी काभ्रेपलाञ्चोक संवाददाता हुन् ।

Link copied successfully