रूपेशलाई बुधबार साँझ साढे ६ बजेतिर चितवन राप्ती नगरपालिका-२ पिप्ले सिमराचोकमा बा प्र ०२-०५६ प १११५ नम्बरको स्कुटरले ठक्कर दिएको चितवन जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
चितवन — चितवनमा स्कुटरले ठक्कर दिँदा रौतहट माधवनारायण नगरपालिका-८ का २४ वर्षका रूपेश यादवको निधन भएको छ ।
रूपेशलाई बुधबार साँझ साढे ६ बजेतिर चितवन राप्ती नगरपालिका-२ पिप्ले सिमराचोकमा बा प्र ०२-०५६ प १११५ नम्बरको स्कुटरले ठक्कर दिएको चितवन जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
पैदलयात्री यादव स्कुटरको ठक्करका कारण गम्भीर घाइते भएका थिए । उनको उपचारको क्रममा पुरानो मेडिकल कलेजको भरतपुरमा रहेको शिक्षण अस्पतालमा साँझ पौने आठ बजे मृत्यु भएको चितवन जिल्ला प्रहरी कार्यनलयका प्रवक्ता डीएसपी रवीन्द्र खनालले जानकारी दिए । स्कुटर चालक राप्ती-२ का १८ वर्षीय दिपेश गौतमको पनि नाक र टाउकोमा चोट लागेको छ । घाइते दिपेशको पनि पुरानो मेडिकल कलेजको शिक्षण अस्पतालमा उपचार भइरहेको डीएसपी खनालले बताए ।