रोशी खोलामा एक जनाको शव फेला 

। उक्त शव रोशी गाउँपालिका वडा नं ९ स्थित मंगलटारकी ७८ वर्षीया लक्ष्मीमाया मलेपतीको रहेको पुष्टि

आश्विन २२, २०८२

ज्योती श्रेष्ठ

A dead body was found in Roshi river

काभ्रे — रोशी खोलामा एक महिलाको शव फेला परेको छ । काभ्रेको तेमाल गाउँपालिका वडा नम्बर-८ स्थित मेच्छेस्थित रोशी खोलाको किनारमा बुधबार बिहान ९ बजेको समयमा एक जना महिलाको शव फेला परेको इलाका प्रहरी कार्यालय मंगलटारका प्रमुख प्रहरी निरीक्षक ईश्वर कार्कीले जानकारी दिए । 

उनका अनुसार, बिहान ९ बजे फेला परेको शवको पहिचान हुन नसकेपछि पहिचानका लागि उक्त शवको विवरण सामाजिक सञ्जालमा राखिएको थियो ।

त्यसपछि शवको पहिचान खुलेको उनले बताए । उक्त शव रोशी गाउँपालिका वडा नं ९ स्थित मंगलटारकी ७८ वर्षीया लक्ष्मीमाया मलेपतीको रहेको पुष्टि भएको उनले जानकारी दिए । उनका अनुसार, घटनाको विस्तृत विवरण आउन बाँकी रहेको छ । 

ज्योती श्रेष्ठ श्रेष्ठ कान्तिपुरकी काभ्रेपलाञ्चोक संवाददाता हुन् ।

Link copied successfully