कुलेखानी–फाखेल–फर्पिङ सडक खुलेको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए ।
काठमाडौँ — कुलेखानी–फाखेल–फर्पिङ सडकमा पनि सवारी साधन क्रमशः छुटेका छन् । शनिबार र आइतबारको निरन्तर वर्षाका कारण हेटौंडा र काठमाडौं जोड्ने सबै मुख्य तथा वैकल्पिक सडकहरूबाट सवारी सञ्चालनमा रोक लगाइएको थियो ।
हेटौंडा र काठमाडौंलाई जोड्न मुख्य चार वटा सडकहरू छन् । त्यसमध्ये कुलेखानी–फाखेल–फर्पिङ सडक खुलेको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए ।
