चितवनमा रोकिएका ५ सय बढी गाडी काठमाडौं पठाउने तयारी

प्रहरीका अनुसार सुरूमा यात्रुबाहक गाडी, त्यसपछि क्रमश: मालबाहक र अन्य गाडी पठाउने तयारी थालिएको छ ।

आश्विन १९, २०८२

कान्तिपुर संवाददाता

Preparation to send more than 500 vehicles stopped in Chitwan to Kathmandu

काठमाडौँ — विभिन्न क्षेत्रबाट चितवनमा आई रोकिएका ५०० भन्दा धेरै गाडीहरूलाई काठमाडौं पठाउने तयारी जिल्ला प्रहरी कार्यलय चितवनले सुरु गरेको छ ।

प्रहरीका अनुसार सुरूमा यात्रुबाहक गाडी, त्यसपछि क्रमश: मालबाहक र अन्य गाडी पठाउने तयारी थालिएको छ । 

डिएसपी रविन्द्र खनालका अनुसार नयाँ टिकट काटेर यात्रुहरूलाई लैजान भने पाइने छैन । उनले रोकिएका सवारी मात्रै पठाउन थालिएको बताए ।

कान्तिपुर

Link copied successfully