बाढी, पहिरो तथा विपद्को सम्भावित घटनाको मध्यनजर गर्दै जिल्ला सुरक्षा समितिले रातको ९ बजेदेखि जिल्ला बाहिरबाट सवारी साधन भित्रन रोक लगाउने निर्णय गरेको हो ।
धादिङ — धादिङमा राति ९ बजेपछि जिल्ला बाहिरबाट सवारी साधन भित्रन रोक लगाइएको छ ।
बाढी, पहिरो तथा विपद्को सम्भावित घटनाको मध्यनजर गर्दै जिल्ला सुरक्षा समितिले रातको ९ बजेदेखि जिल्ला बाहिरबाट सवारी साधन भित्रन रोक लगाउने निर्णय गरेको हो ।
प्रमुख जिल्ला अधिकारीको कार्यकक्षमा बसेको सुरक्षा समिति बैठकले सो निर्णय गरेको हो । राति ९ बजेपछि बिहानसम्म काठमाडौंबाट बाहिरिने सवारी साधनलाई नागढुंगा, गोलढुंगालगायतको नाकाबाट पृथ्वी राजमार्ग र त्रिभुवन राजपथ हुँदै धादिङ प्रवेश गर्न र अन्य जिल्लाबाट चितवनको मौवाखोला हुँदै भित्रने सवारी सधानलाई रोक लगाउने निर्णय गरिएको धादिङका प्रमुख जिल्ला अधिकारी विजयराज सुवेदीले बताए ।
रातिको समयमा एम्बुलेन्स, दमकल, सुरक्षाकर्मीलगायतका अतिआवश्यकीय सवारी साधनलाई भने सुरक्षाकर्मीको अनुमतिमा प्रवेश दिइने सीडीओ सुवेदीले बताए ।