वैकल्पिक मार्ग प्रयोग गरेका सवारीसाधन चरिकोटमै 'होल्ड'

चरिकोटमा अलपत्र यात्रुलाई बास बसाउने तयारी ।

आश्विन १८, २०८२

केदार शिवाकोटी

Vehicles using alternative routes are 'held' at Charikot.

दोलखा — बीपी राजमार्ग बन्द भएपछि सार्वजनिक र निजी यातायातका साधन वैकल्पिक मार्गअन्तर्गत पुष्पलाल मार्ग प्रयोग गरेर मन्थली-तामाकोसी, चरिकोट हुँदै राजधानी जाने प्रयास गरे पनि दोलखा प्रहरीले चरिकोटमा तिनलाई 'होल्ड' गरेको छ ।

लगातारको वर्षाका कारण मुख्य राजमार्ग बन्द हुँदा यो मार्ग प्रयोगमा आएको थियो  । प्रशासनले रोक लगाए पनि निजी तथा सार्वजनिक यातायातधनीले  जबरजस्ती यो मार्ग प्रयोग गरेपछि अधिकांश सवारी साधनलाई  दोलखाको किर्नेटारमा रोकिएको हो ।

किर्नेटारमा अहिले थप जोखिम बढेपछि चरिकोटसम्म अनुमति दिएर 'होल्ड' गरिएको  दोलखाका प्रहरी नायव उपरिक्षक ज्ञानकुमार महतोले बताए । किर्नेटारमा थप जोखिम बढेपछि त्यहाँ आएका १ सय ५० भन्दा बढी सार्वजनिक सवारी साधन  चरिकोटमा राजमार्गको अवस्थाका कारण 'होल्ड' गरिएको उनले बताए । ती सवारी साधनमा यात्रा गरिरहेकालाई चरिकोटमा बास बसाउने तयारी पनि अहिले भइरहेको उनले बताए ।

केदार शिवाकोटी

Link copied successfully