रोशी खोलाले बीपी राजमार्ग कटान सुरु 

बीपी राजमार्गअन्तर्गत रोशी गाउँपालिका-९ स्थित बोक्सेकुनामा रोशी खोलाले राजमार्ग कटान सुरु गरेको छ । उनका अनुसार, करिब ४:३० बजेबाट रोशीले राजमार्गको कटान सुरु गरेको हो ।

आश्विन १८, २०८२

ज्योती श्रेष्ठ

Roshi Khola started cutting BP highway

काभ्रे — निरन्तर वर्षाका कारण जिल्लास्थित रोशी खोलामा पानीको बहाव बढ्दै गएको छ । खोलामा पानीको बहाव बढ्दै खोलाले बीपी राजमार्ग कटान सुरु गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेले जनाएको छ । 

कार्यालयका प्रमुख प्रहरी निरीक्षक सुनिल धाँजुका अनुसार, जिल्लाको बीपी राजमार्गअन्तर्गत रोशी गाउँपालिका-९ स्थित बोक्सेकुनामा रोशी खोलाले राजमार्ग कटान सुरु गरेको छ । उनका अनुसार, करिब ४:३० बजेबाट रोशीले राजमार्गको कटान सुरु गरेको हो । 

गत वर्ष असोज दोस्रो साताको बाढीले जिल्लास्थित राजमार्गको करिब ८ किलोमिटर पूर्ण रुपमा क्षति गराएको थियो । क्षति भएको राजमार्ग अस्थायी रुपमा मर्मत गरेर सञ्चालनमा ल्याइएको थियो । 

ज्योती श्रेष्ठ कान्तिपुरकी काभ्रेपलाञ्चोक संवाददाता हुन् ।

Link copied successfully