जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार सुख्खा पहिरो झरिरहेका कारण उक्त सडकमा एकतर्फीमात्रै सवारी सञ्चालन गरिएको हो।
काभ्रे — पहिरोका कारण अरनिको राजमार्गमा एकतर्फी सवारी सञ्चालन गरिएको छ।
जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार सुख्खा पहिरो झरिरहेका कारण सडकमा सवारी सञ्चालन गर्न समस्या भएको हो।
राजमार्गको धुलिखेल–खावा सडक खण्डअन्तर्गत तिरतिरे धारामा स–साना ढुंगा झरिरहेकाले राजमार्गमा अहिले एकतर्फीमात्रै सवारी चलाइएको प्रहरी निरीक्षक सुनिल धाँजुले जानकारी दिए। रातिदेखि परेको पानीले राजमार्गमा ढुंगासहित स–साना पहिरो झरिरहेको उनले बताए।
त्यस्तै, वीपी राजमार्गअन्तर्गत मंगलटारमा लेदोसहितको स–सानो पहिरो झरिरहेको छ।
