दोलखामा तामाकोसीसहितका सहायक खोलाको बहाव बढेपछि सतर्कता अपनाउन आग्रह

आकस्मिक बढी तथा पहिरो आउन सक्ने भन्दै नदी र खोला तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको हो ।

आश्विन १८, २०८२

केदार शिवाकोटी

In Dolakha, after the flow of tributary rivers including Tamakosi increased, caution was requested

दाेलखा — दोलखामा तामाकोसीसहित त्यसका सहायक खोला सिंगटी गोगर लगायतको खोलाको बहाव बढेपछि त्यस क्षेत्रका स्थानीयलाई सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ ।

आकस्मिक बढी तथा पहिरो आउन सक्ने भन्दै नदी र खोला तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन प्रशासनले आग्रह गरेको हो ।

यसैबिच अत्यावश्यकबाहेक जिल्लाभर सार्वजनिक र निजी सवारी सधान सञ्चालनमा जिल्ला प्रशासन कार्यालयले रोक लगाएको छ । निरन्तर  भारी वर्षा भइरहेकाले बाढी पहिरोका कारण सडक जोखिममा पर्ने भन्दै सवारी सञ्चालनमा जिल्लाभर प्रशासनले रोक लगाएको छ ।

दोलखामा भारी वर्षाका साथै बाक्लो हुस्सु र हावाले जनजीवन प्रभावित बनेको छ । पर्यटकीय सिजन भएकाले च्छाे-राेल्पा लगायतका हिमाली क्षेत्र घुम्न गएका पर्यटकलाई  हिमाली क्षेत्रमा हिमपात हुने भएकाले सतर्कता अपनाउन आग्रह गरेको छ ।

प्रमुख जिल्ला अधिकारी भोला दाहालले तत्कालका लागि त्यस क्षेत्रमा हाई अलर्ट जारी गरिएको र समस्या परे सिधै सम्पर्क गर्न आग्रह गरेर हटलाइन सञ्चालन गरिएको बताए ।

केदार

Link copied successfully