शुक्रबार दिउँसो करिब दुई बजेतिर अरनिको राजमार्ग अन्तर्गत धुलिखेल खावा सडक खण्डको पकुचामा झरेको पहिरो पन्छाएर यातायात सुरु गरिएको हो ।
काभ्रे — शुक्रबार दिउँसो करिब दुई बजेतिर अरनिको राजमार्ग अन्तर्गत धुलिखेल खावा सडक खण्डको पकुचामा झरेको पहिरो पन्छाएर अवरुद्ध भएको राजमार्ग खुलाइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।
कार्यालयका प्रमुख प्रहरी निरीक्षक सुनिल धाजुका अनुसार, सडक डिभिजन कार्यालय, प्रहरी र ट्राफिक प्रहरीको समन्वयमा राजमार्गमा झरेको पहिरो पन्छाएर यातायात सुरु गरिएको छ । पहिरोको कारण केही समय राजमार्गमा केहीबेर यातायात अवरुद्ध भएको उनले जानकारी दिए । उनका अनुसार, अहिले राजमार्गमा यातायात सुरु भएको छ ।
बीपि राजमार्गमा भने अहिले सवारीको चाप बढेको उनले बताए । गत वर्षको बाढीले राजमार्गमा क्षति पुर्याएकाले विभिन्न स्थानमा खाल्डाखुल्डी भएकाले यात्रा गर्दा सावधानी अपनाउन जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेले अनुरोध गरेको छ ।
