सुनकोशी नदीमा जिप खस्दा १३ जना घाइते

काठमाडौंबाट सिन्धुलीको गोलन्जोर तीनकन्या आउँदै गरेको जिप सुनकोशीमा खसेको प्रहरीले जनाएको छ ।

आश्विन १३, २०८२

राजकुमार कार्की

13 injured when jeep falls into Sunkoshi river

सिन्धुली — बीपी राजमार्गको खुर्कोट–नेपालथोक खण्डअन्तर्गत सुनकोशी गाउँपालिका-७ कानढुंग्री नजिक सोमबार दिउँसो बोलेरो जिप दुर्घटना हुँदा १३ जना घाइते भएका छन् ।

काठमाडौंबाट सिन्धुलीको गोलन्जोर गाउँपालिका-४ तीनकन्या आउँदै गरेको बा २० च ९३१ नं को बोलेरो सडकबाट सुनकोशीमा खसेको प्रहरीले जनाएको छ । घाइतेमध्ये १ जनाको अवस्था गम्भीर छ भने बाँकी सबै मध्यम र सामान्य घाइते छन् । उनीहरुको सुनकोशी सामुदायिक अस्पताल खुर्कोटमा उपचार भइरहेको छ । 

राजकुमार कार्की कान्तिपुरका सिन्धुली संवाददाता हुन् ।

Link copied successfully