मेलम्चीमा बस पल्टिँदा ११ जना घाइते 

सबै घाइतेको अवस्था सामान्य

आश्विन १२, २०८२

अनिश तिवारी

11 injured when bus overturns in Melamchi

सिन्धुपाल्चोक — आइतबार  काठमाडौंबाट सिन्धुपाल्चोकको पाल्चोकतर्फ गइरहेको आमाह्यल्मो यातायातको बा ३ ख ९३०८ नम्बरको बस  मेलम्ची नगरपालिका–१३ स्थित वडा कार्यालय नजिकै सडकमा पल्टिँदा ११ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोककाअनुसार दुर्घटनामा घाइते  हुने अधिकाशं हेलम्बु गाउँपालिकाका छन्,जसमध्ये केही मेलम्ची नगरपालिका र पाँचपोखरी थाङ्पाल गाउँपालिकाका छन् ।

'सबै घाइतेको अवस्था सामान्य छ ,घटनालगत्तै स्थानीय र सुरक्षाकर्मी उद्धारमा जुटेका थिए,' प्रहरी नायब उपरीक्षक माधवराज खरेलले भने ।  मेलम्चीस्थित स्वास्थ्य संस्थामा घाइतेहरूको उपचार भइरहेको  छ ।   

अनिश तिवारी कान्तिपुरका सिन्धुपाल्चोक संवाददाता हुन् ।

Link copied successfully