काठमाडौं हिँडेका जगदिश देवकोटाले आँटीफल मिठो हुने भएकाले कोसेली लैजान लागेको बताए । घ्याम्पेबजारमा आँटी खरिद गरेका उनले घरबाट समेत ल्याउन माग भएको सुनाए ।
सिन्धुली — दसैंमा बीपी राजमार्ग भएर आवतजावत गर्नेहरुलाई कोसेलीकारुपमा जंगली फल आँटीले यतिखेर बजार पाएको छ । राजमार्गमा पर्ने मुख्य बजारहरु, घ्याम्पे, नेपालथोक, झाँगाझोली, बोहोरेटार,मुलकोट, खाल्टे, खुर्कोट, खनियाखर्क लगायतका ठाउँमा आँटीको बजार चलेको छ ।
आँटीलाई सरिफा फल पनि भनिन्छ । प्रतिकिलो सय रुपैंयाँसम्ममा बिक्री हुने आँटी जंगलमा यो सिजनमा प्रशस्त पाइन्छ । आँटीको माग बढेपछि किसानहरुले व्यवसायिक खेतीसमेत थालेका छन् ।
काठमाडौं हिँडेका जगदिश देवकोटाले आँटीफल मिठो हुने भएकाले कोसेली लैजान लागेको बताए । घ्याम्पेबजारमा आँटी खरिद गरेका उनले घरबाट समेत ल्याउन माग भएको सुनाए ।
बजारमा मात्र होइन्, राजमार्ग भएर चल्ने सवारी साधन रोकिएको ठाउँमा गएर नै व्यापारीहरु आँटी बिक्री गर्छन् । दशक अघिसम्म कुहिएर जाने गरेकामा अहिले धमाधम बिक्री भएपछि किसान व्यापारी दुवै हर्सित छन् ।
‘सडक नहुँदा ढाकर, डोकोमा बोकेर सिन्धुली सदरमुकाम पुर्याउन पर्थ्यो, त्यो बेला एक ढाकर आँटीबाट दुईसय पनि आम्दानी लिन मुश्किल हुने गरेकोमा अहिले स्थानीयस्तरमै बजार पाउँदा उत्साहित छौं’, सुनकोसी गाउँपालिकाकी अध्यक्ष दीपा बोहोरा दाहालले बताइन् ।
![Koseli 'aunty' of commuters during Dasain [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/aati4-sindhuli-2792025053351-1000x0.jpg&w=1001&h=0)