बत्ती बालेर पन्छाइँदै छ, तुइनख‍ोलाको पहिरो

दसैंमा काठमाडौं छाड्नेहरूको चाप रहेका बेला लामो समय बाटो बन्द हुँदा धेरैलाई सास्ती भएको छ ।

आश्विन ९, २०८२

रमेशकुमार पौडेल

The lights are being turned aside, the Tuinkhola landslide

चितवन — रात परे पनि तुइनखोलाको पहिरो हटाउने क्रम जारी छ । चितवन जिल्ला प्रहरी कार्यालयले भीरबाट ढुंगा खस्ने समस्याका बाबाजुद बत्ती बालेर पहिरो पन्छाइरहेको जानकारी गराएको छ ।

भरतपुरको डिभिजन सडक कार्यालयका सूचना अधिकारी इन्जिनियर कृष्ण आचार्यले अब बढीमा दुई घण्टाभित्र पहिरो सफा हुने र सकेसम्म आजै गाडी खुलाउने बताए । नाारायणगढ-मुग्लिन सडकको मुग्लिन नजिक तुइनखोलामा मंगलबार साँझ ५ बजेतिर ठूलो पहिरो गएपछि हालसम्म सो सडक ठप्प भएको छ ।

अवरुद्ध यो खण्ड मुग्लिनदेखि साढे दुई किलो मिटर पर नारायणगढतर्फ पर्छ । शुुक्ररबार देखि नै पहिरोले थुनिएका गाडी राम्रोसँग पार हुन नपाउँदै मंगलबार फेरि ठूलो पहिरो खसेर बाटो थुनिएको हो ।

राजधानी काठमाडौं र पर्यटकीय सहर पोखरालाई पूर्व पश्चिम महेन्द्र राजमार्गसँग ज‍ोड्ने मुख्य सडक भएका कारण यो खण्ड हुँदै दिनमै १० हजारभन्दा बढी गाडी ओहोरदोहोर गर्छन् । दसैंमा काठमाडौं छाड्नेहरूको चाप रहेका बेला लामो समय बाटो बन्द हुँदा धेरैलाई सास्ती भएको छ ।

रमेशकुमार पौडेल पौडेल कान्तिपुरका चितवन संवाददाता हुन् । उनी दुई दशकदेखि पत्रकारिता गरिरहेका छन् ।

Link copied successfully